२० बैशाख २०८१, बिहिबार

प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


प्रहरी हेडक्वाटर

काठमाडौँ, साउन ११ । प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत ४ जना प्रहरीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । नेपाल प्रहरीको प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता शाहीका अनुसार प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना पोजेटिभ देखिएपनि थप पुष्टिको लागि टेकु अस्पताल पठाइएको छ । ४ जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको उनले बताए । हालसम्म देशभर ११५ जना प्रहरी कोरोनावाट संक्रमित भई सकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !