१८ बैशाख २०८१, मंगलबार

गण्डकी र सुदूरपश्चिम प्रदेशमा देखियो १/१ जनामा कोरोना संक्रमण


काठमाडौँ, साउन १० । गण्डकी प्रदेशमा आज दिउसो १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३६१ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो २:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका-१८ का २२ वर्षीय पुरुष १ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुने व्यक्तिलाई सम्वन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेशमा आज थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको जनाएका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेमा कंचनपुरको भिमदत्तनगरपालिका-१३ का १७ वार्हिया पुरुष १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !