१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३६०


कोरोना भाइरस

९ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३६० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँका १ जना, बागलुङका १ जना, लम्जुङका ३ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीका ५ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सबै संक्रमित व्यक्तिहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३६०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !