२४ बैशाख २०८१, सोमबार

दैलेख जिल्लामा आज एकैदिन थपिए कोरोनाका २४ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन ८ । कर्णाली प्रदेशको दैलेख जिल्लामा आज एकैदिन थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

दैलेख जिल्लामा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दैलेखको आठबीस नगरपालिका-१,७ का १२ जना, महाबु गाउँपालिका-१, ३, ४ ५ का ११ जना र दुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन् ।

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !