१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४५


कोरोना भाइरस

६ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो फेरि १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३४५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ३:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका ६ जना, बाग्लुङका ३ जना र स्याङजाका ७ जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि हुनेहरु सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भई रहेको छ । आज मंगलबार बिहानै मात्रै गण्डकी प्रदेशमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा आज फेरि १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३४५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !