१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२०


कोरोना भाइरस

५ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो फेरि ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३२० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ४:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गोरखा जिल्लामा ३ जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि हुनेहरु सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १०१८ पुगेको छ ।

गण्डकी प्रदेशमा आज फेरि ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३२०

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !