१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३१७


कोरोना भाइरस

५ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३१७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँका २ जना र स्याङजाका १ जना तथा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा लमजुङका १ जना र कास्कीका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज संक्रमण पुष्टि हुने सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको छ ।

गण्डकी प्रदेशमा आज १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३१७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !