१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०५


कोरोना संक्रमण

४ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज साँझ फेरि ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३०५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ०५:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

जनस्वास्थ्य प्रयोगशाला, हेटौडा गरिएको परिक्षणमा नवलपरासी सुस्ता पूर्वमा थप भएका नयाँ ३ जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि हुने सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लगिसकिएको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १००४ पुगेको छ ।

गण्डकी प्रदेशमा आज फेरि ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३०५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !