१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९०


कोरोना भाइरस

४ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२९० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका पर्वत, बाग्लुङ, स्याङ्जा र म्याग्दीमा थप भएका नयाँ १२ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना हुनेहरुमा म्याग्दीमा सबैभन्दा धेरै ६ जना, बागलुङ, स्याङ्जा र पर्वतमा २/२ जना थपिएका हुन् ।

पर्बत, बाग्लुङ र स्याङजाका सबै व्यक्तिहरुलाई आईसोलेसनमा राखिसकिएको छ भने म्याग्दी जिल्लाका व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ९३८ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !