१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३५०


कोरोना भाइरस

८ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३५० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा पर्वतका २ जना, स्याङजाका १ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना गरी गण्डकी प्रदेशमा आज बिहान ५ जनामा कोरोना संक्रमण देखिएको छ । आज संक्रमण पुष्टि हुनेहरु सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०९१ पुगेको र गण्डकी प्रदेशमा कोरोना परिक्षणका लागि हिजो मिति २०७७/०४/०७ सम्म आएका सबै नमुनाको परीक्षण भई सकेको (परीक्षणका लागि संकलित कुनै पनि नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बाँकी नरहेको) जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा आज ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३५०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !