२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, श्रावण २ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा २८ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये बर्दियाका १० जना, दाङका ५ जना र रोल्पाका १३ जनामा रहेका छन् । उनीहरु २१ जना पुरुषहरु र ७ जना महिला रहेका छन् ।

भेरी अस्पतालमा बिगत २४ घण्टामा प्राप्त भएका नमुनामघ्ये २५० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २८ वटा नमूनाको नतिजा पोजेटिभ र २२२ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !