२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असार ३१ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २०० नमुनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज अपराह्न ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये दाङका १ जना, सुर्खेतका १ जना र बाँकेका ६ जना गरी ८ जना रहेका छन् । उनीहरु ७ जना पुरुषहरु र १ जना महिला रहेका छन् ।

भेरी अस्पतालमा बिगत २४ घण्टामा प्राप्त भएका नमुनामघ्ये ४५० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ८ वटा नमूनाको नतिजा पोजेटिभ र ४४२ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !