४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ९ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार २९ । काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका ३ जना, ललितपुर जिल्लाका ५ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो आइतबार काठमाडौं उपत्यकामा ६ जनामध्ये काठमाडौंका ५ जना र ललितपुरका १ जनामालाई कोरोना संक्रमण देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा १ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटनमा गरिएको परीक्षणमा ललितपुरमा ५ जना र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १४४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६९४५ पुगेको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा १७०५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०२९४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !