१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार २८ । काठमाडौं उपत्यकामा आज थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका ५ जना र ललितपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ८२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६८०१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८५८९ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु