४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा अहिलेसम्म भए ३४७ जना कोरोना संक्रमित


कोरोना भाइरस

काठमाडौँ, असार २८ । बाहिर जिल्लामा सङ्क्रमित कम भएका र काठमाडौँ उपत्यकाका ३ जिल्लामा सङ्क्रमित बढेकाले चिन्तित तुल्याएको उहाँले बताउनुभयो । यीमध्ये धेरैजसो विदेशबाट आएका र कतिपय व्यक्ति यात्रा नभएको पनि पाइएकाले उपत्यकाका १२ स्थानमा नमूना सङ्कलन गरी हालसम्म तीन हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण पुष्टि भएको देखिन्छ । यी तीन जनाको पनि ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले समुदायमा सङ्क्रमण हुनसक्ने भएकाले व्यापकरुपमा समुदायमा परीक्षण गरिनुपर्ने अवस्था रहेको डा पाण्डेले बताउनुभयो ।

निर्देशक पाण्डेले दोस्रो चरणमा यही असार २५ गतेदेखि ४५ हजार नमूना लिइएको र तीमध्ये पाँच हजार काठमाडौँबाट लिइने जानकारी दिनुभयो । मुख्यगरी सेवा क्षेत्र बैंक, मालपोत कार्यालय, कर कार्यालय, स्वास्थ्य केन्द्रलगायत स्थलबाट नमूना लिने योजना छ । सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा घटिरहे पनि पूर्णरुपमा घटेको हो कि हैन भनेर पत्ता लगायत परीक्षणको दायरा बढाउनुपर्ने निर्देशक पाण्डेको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !