४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११९२


कोरोना भाइरस

२८ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा ३ जना गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार आज खोऋओणाआ संक्रमण पुष्टि हुनेहरुमा तनहुँका ६ जना, पर्वतका २ जना, बागलुङका २ जना र लमजुङका २ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १ जना, स्याङ्जाका १ जना र गोरखाका १ जना रहेका छन् ।

आज संक्रमण पुष्टि हुनेहरु सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । साथै गण्डकी प्रदेशमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७३६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !