२६ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असार २४। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३९५ नमुनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना देखिएको हो ।

अस्पतालले आज अपराह्न ३:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु मध्ये बाँकेका २ जना, दाङका ४ जना, रुकुमका ३ जना र कालिकोटका १ जना रहेका छन् । उनीहरुमध्ये २ जना महिला र अन्य ८ जना पुरुष रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !