२० बैशाख २०८१, बिहिबार

उदयपुरमा वडाध्यक्षसहित ५ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

उदयपुर, असार २० । उदयपुर जिल्लाको बेलका नगरपालिकाका एक वडाध्यक्षमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६५ वर्षीय उनमा शुक्रबार कोरोना पोजिटिभ देखिएको हो ।

विराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट वडाध्यक्षसहित बेलका नपा-९ का २३, ३२, ३४ वर्षीय र वडा नं ५ का ४० वर्षीय पुरुष गरी पाँचजनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । उनकाअनुसार पाँचमध्ये वडा नं ९ का २३ र ३४ वर्षीय युवा असार १२ गते भारतबाट नेपालको जोगमुनी नाका हुँदै क्वारेन्टाइनमा आएर बस्दै आएका हुन् ।

सोही वडाको ३२ वर्षीय युवा असार ९ गते पोखराबाट घर आइ होमक्वारेन्टाइनमा बस्दै आएका थिए । त्यस्तै वडानं ५ का ४० वर्षीय नेपाल प्रहरीका पुर्वकर्मचारी हुन् । उनी ३ महिनाअघि मात्र काठमाडौंबाट घर आएका थिए । उनीहरु सबैको असार १५ गते पीसीआर परीक्षण गरिएको थियो ।

उदयपुरको बेलका नगर क्षेत्रमा कोरोना भाइरस नियन्त्रणको अभियान लिएर गाउँ-गाउँ पुगेका जनप्रतिनिधिलाई नै कोरोना पोजिटिभ देखिएपछि त्रास फैलिएको छ । वडाध्यक्ष गाउँमा नै कोरोना नियन्त्रणको अभियानमा, योजना अनुगमन, बाँडफाँडमा सक्रिय थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !