गण्डकी प्रदेशमा आज फेरि १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १००६ Nepalpatra गण्डकी प्रदेशमा आज फेरि १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १००६
७ बैशाख २०७८, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १००६


कोरोना भाइरस (कोभिड-१९)

१७ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १००६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ३:२५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा १३ जना र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा १ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा थप भएका नयाँ १२ जना र बागमती प्रदेशको २ जनामा कोरोना संक्रमितहरु थपिएका हुन् । आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

यसैगरी बाग्लुङका ६८ जना, गोरखाका ३ जना, लमजुङका २ गरि हिजो ७३ जना कोरोनको संक्रमणबाट निको भई घर फर्किएका छन् , यसका साथै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २८७ पुगेको छ ।

गण्डकी प्रदेशमा आज फेरि १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १००६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु