१४ बैशाख २०८१, शुक्रबार

दु:खद खबर: आइसियूमा रहेका कोरोना संक्रमितको मृत्यु


असार ११, पोखरा । स्याङ्जाका एक कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष गए राति ११ : ५५ मा उनको मृत्यु भएको अस्पतालले जानकारी दियो ।

असार ८ गते आइसियूमा भर्ना भएका मृतकको शव व्यवस्थापनको तयारी भई रहेको छ । गण्डकीमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु