२१ बैशाख २०८१, शुक्रबार

नेपालमा ११८६ जनाले जिते कोरोना, थप १९ जना घर फर्किए


घर फर्किए

४ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

नेपालमा अहिलसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ६७१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ । नेपालमा अहिलेसम्म ७८४८ कोरोना संक्रमितहरुमध्ये ७२२९ जना पुरुषहरु र ६१९ जना महिलाहरु रहेका छन् । कोरोना भाइरस जित्ने ११८६ जनाहरुमध्ये १०७२ जना पुरुषहरु र ११४ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ७८४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६७१ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

नेपालमा ११६७ जनाले जिते कोरोना, थप ९ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !