६ बैशाख २०८१, बिहिबार

नेपालमा ११६७ जनाले जिते कोरोना, थप ९ जना घर फर्किए


घर फर्किए

३ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज हुनेहरुमा महेन्द्र गेनाइ अस्पताल सिरहाबाट ६ जना पुरुषहरु, नाराययी अस्पताल विरगन्जबाट रौटहटका २ जना र पर्साका १ जना गरी ३ जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।

नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५८६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । नेपालमा अहिलेसम्म ७१७७ कोरोना संक्रमितहरुमध्ये ६६३८ जना पुरुषहरु र ५३९ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६७ जना पुगेको छ । आज कोरोना भाइरस जित्ने ९ जनाहरुमध्ये ९ जना नै पुरुषहरु रहेका छन् । कोरोना भाइरस जित्ने ११६७ जनाहरुमध्ये ११५८जना पुरुषहरु र ११२ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २० जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ७१७७ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५८६ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

नेपालमा ११५८ जनाले जिते कोरोना, थप ११७ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !