७ जेष्ठ २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या ७८४८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६७१ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, असार ४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ६७१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा अर्घाखाँची ९७, दैलेख ८७, डडेलधुरा ८४, अछाम ४४, बाजुरा ४१, सुर्खेत ३४, रौतहट ३४, झापा २, मोरङ १, वैतडी २५, भक्तपुर ३, कैलाली ४२, कपिलवस्तु १६, काठमाडौं २, नुवाकोट २, रुपन्देही ३ जना, सर्लाही २, सिन्धुपाल्चोक १. ललितपुर १, नवलपरासी पश्चिम २ रहेका छन् ।

साथै महोत्तरी १, सिन्धुली १, पर्वत ५, चितवन १ र नवलपरासी पूर्वका ३१, धनुषा २९, बागलुङ १, मनाङ १, स्याङ्जा ९, पर्वत ४, तनहुँ १५, गोरखा ११, गुल्मी ३, कपिलवस्तु १, पाल्पा ६, रुपन्देही ९, रोल्पा १, बाँके ३, बर्दिया ३, दाङ ४, बझाङ ३, कञ्चनपुर २, डोटी ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार बिहिवारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ९ हजार ५ सय ३२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ५५ हजार ५ सय १८ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ५ हजार ७ सय ४६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १६ हजार २ सय १५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ४८ जना रहेका छन् ।

नेपालमा अहिलसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ७८४८ कोरोना संक्रमितहरुमध्ये ७२२९ जना पुरुषहरु र ६१९ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८६ जना पुगेको छ । कोरोना भाइरस जित्ने ११८६ जनाहरुमध्ये १०७२ जना पुरुषहरु र ११४ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा ११८६ जनाले जिते कोरोना, थप १९ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

नेपालमा संक्रमितको संख्या ७१७७ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५८६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !