२२ बैशाख २०८१, शनिबार

कर्णालीमा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०८६ पुग्यो


कोरोना भाइरस

सुर्खेत, २ असार । कर्णाली प्रदेशमा आज दिउसो ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०८६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सुर्खेतमा ४ जना र दैलेख जिल्लाका ५ जना रहेका छन् ।

कर्णालीमा आज ९ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !