२२ बैशाख २०८१, शनिबार

गोर्खामा बिहानै थपिए कोरोनाका १० नयाँ संक्रमित


कोरोना भाइरस

२ असार, काठमाडौँ । गोर्खा जिल्लामा आज बिहान थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:२५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै गोर्खा जिल्लामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार आज गोर्खा जिल्लामा नयाँ संक्रमित थपिनेहरुमा गोर्खा नगरपालिका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षीय पुरुषहरु ७ जना र ३१ वर्षीया महिला १ जना रहेका छन् । साथै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षीय पुरुषहरु २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सवै भारतवाट आएका हुन् र सवैजना सम्वन्धित जिल्लाको क्वारेन्टाइनमा छन् । उनीहरु सवैलाई सम्वन्धित जिल्लाहरुमा रहेका आइसोलेशन कक्षमा लैजाने तयारी भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !