२२ बैशाख २०८१, शनिबार

कर्णालीमा आज ५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६७ पुग्यो


कोरोना भाइरस

सुर्खेत, ३२ जेठ । कर्णाली प्रदेशमा आज दिउसो ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९६७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५० जना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २ जना गरी जम्मा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सुर्खेतमा १५ जना र दैलेख जिल्लाका ३७ जना रहेका छन् ।

आज नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखको नौमुले गाउँपालिकाका ३५ जना रहेका छन । गाउँपालिकाको वडा नम्वर नं. १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुषहरु र १ जना महिला रहेका छन । नारायण नगरपालिकाका वडा नं. २ का २ जना पुरुषहरु रहेका छन् ।

साथै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगर नगरपालिका-१ का १ जना पुरुष, गुर्भाकोटा नगरपालिका वडा नंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुषहरु रहेका छन् । त्यसतै लेकबेसी नगरपालिका २ का १ जना पुरुष, पञ्चपुरी नगरपालिका वडा नम्बर १, २, ६ र ७ का ५ जना पुरुषहरु रहेका छन् ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार आइतबार दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ३ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

कर्णालीमा आज ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९१६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !