१४ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७९ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, जेठ २८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट ४ हजार ४ सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार ८ सय २२ जनाको नमुना परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा एक लाख ७२ हजार दुई सय ६६ जना बसेका छन् भने तीन हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

आज २७९ कोरोना संक्रमितहरुमध्ये २५७ जना पुरुषहरु र २२ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ४३६४ कोरोना संक्रमितहरुमध्ये ४०५५ जना पुरुषहरु र ३०९ जना महिलाहरु रहेका छन् । नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६७४ पुगेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना र चितवनका १ जना गरी १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा ६७४ जनाले जिते कोरोना, थप ९० जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालमा संक्रमितको संख्या ४०८५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु