१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो


मृत्यु

काठमाडौँ, जेठ २७ । आज चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका मृतकलाई सोमबार बेलुका ७ बजे मात्र भरतपुर अस्पतालको आइसियूमा सारी उपचार शुरु गरिएको थियो । भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय वृद्धलाई हिजो सोमबार जेठ २६ गते मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनको मंगलबार विहान मृत्यु भएको हो ।

मृतकलाई पहिलेदेखि नै मधुमेह र रक्तचाप समस्या भएको र कोरोना संक्रमण पुष्टि भएपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण र निमोनियाको कारणले आज बिहान मृत्यु भएको अस्पतालले बताएको छ । उनको आज मंगलबार विहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु मन्त्रालयले जनाएको छ ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । आज ३२३ कोरोना संक्रमितहरुमध्ये २९२ जना पुरुषहरु र ३१ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ४०८५ कोरोना संक्रमितहरुमध्ये ३७९८ जना पुरुषहरु र २८७ जना महिलाहरु रहेका छन् । नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५८४ पुगेको छ ।

यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र धनगढीका १ जना र स्याङ्जाका १ जना गरी १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा ५८४ जनाले जिते कोरोना, थप ९६ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या ४०८५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत १ जना कोरोना संक्रमित वृद्धको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !