१३ बैशाख २०८१, बिहिबार

नेपालमा ६७४ जनाले जिते कोरोना, थप ९० जना घर फर्किए


जिते कोरोना

२८ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६७४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार निको हुने ६७४ जनामा ५९५ जना पुरुषहरु र ७९ जना महिलाहरु रहेका छन् । मंगलवार डिस्चार्ज हुने ९० जनामा २ जना महिला र ८८ जना पुरुषहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज डिस्चार्ज हुनेहरुमा कोशी अस्पतालबाट १ जना महिला र ५ जना पुरुषहरु, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट १ जना महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुषहरु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना पुरुष, कोभिड-१९ अस्पताल जनकपुरबाट ३७ पुरुषहरु, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुषहरु, कोरोना अस्पताल दाङबाट ७ जना पुरुषहरु रहेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ । आज २७९ कोरोना संक्रमितहरुमध्ये २५७ जना पुरुषहरु र २२ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ४३६४ कोरोना संक्रमितहरुमध्ये ४०५५ जना पुरुषहरु र ३०९ जना महिलाहरु रहेका छन् । नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना र चितवनका १ जना गरी १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७९ संक्रमित

नेपालमा ५८४ जनाले जिते कोरोना, थप ९६ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !