१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५० पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, जेठ २६ । कपिलवस्तु जिल्लामा हिजो राती थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५५० पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार हिजो राती नयाँ कोरोना संक्रमण पुष्टि हुनेहरुमा शुद्दोधन गाउँपालिका वाड न. ५ का बर्ष १७, २०, २२ का पुरुषहरु ३ जना रहेका छन् । उक्त नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परिक्षण गरिएको हो ।

आज हिजो साँझ मात्र कपिलबस्तुमा थप २४ जनामा कोरोना पुष्टि भएर कपिलवस्तुमा संक्रमितको संख्या ५४७ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !