२४ बैशाख २०८१, सोमबार

कपिलवस्तुमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४७ पुग्यो


कोरोना भाइरस कपिलवस्तु

कपिलवस्तु, जेठ २५। कपिलवस्तु जिल्लामा आज साँझ थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५४७ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज फेरि नयाँ कोरोना संक्रमण पुष्टि हुनेहरुमा महाराजगन्ज नगरपालिकाका बर्ष ६ देखि ५१ सम्मका ९ पुरुषहरु रहेका छन् । त्यस्तै यशोधरा गाउँपालिकाका बर्ष २७ को महिला १ र बर्ष २० देखि ४४ सम्मका पुरुषहरु १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै कपिलवस्तु नगरपालिकाका बर्ष ४० का पुरुष १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । आज हिजो दिउसो मात्र कपिलबस्तुमा थप ३९ जनामा कोरोना पुष्टि भएर कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !