१४ बैशाख २०८१, शुक्रबार

आज बिहानै नवलपरासीमा थपिए कोरोनाका नयाँ २ जना संक्रमित


कोरोना भाइरस

१६ जेठ, भरतपुर । आज बिहानै २ जना नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको पीसीआर परीक्षण नतिजा २ जनामा पोजेटिभ देखिएको हो ।

नवलपुर जिल्ला देवचुली नगरपालिका-१५ र ११ वस्ने २१ वर्षीय र १९ वर्षीय गरी २ जना पुरुषहरुमा कोरोना पोजेटिभ पुष्टी भएको भरतपुर अस्पतालले बताएको छ । उनीहरु गत जेष्ठ ९ र १२ गते भारतवाट आई देवचुली नगरपालिकाको क्वारेन्टाईनमा रहेका छन् ।

साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यककर्मीको निगरानीमा रहेको जानाकारी प्राप्त भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा जेष्ठ १४ गते प्राप्त भएका ७३ वटा नमुनामघ्ये अन्य ७१ वटा नमुनाको पीसीआर परीक्षण नतिजा नेगेटिभ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु