१३ आश्विन २०८१, आइतबार

चितवनमा १ जना व्यक्तिको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

चितवन, वैशाख ३। चितवन जिल्लाको रत्ननगरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा १ जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । आज बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका १ जना पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको अवस्था सामान्य रहेको छ । उनको स्वाब परीक्षणका लागि भरतपुरको प्रयोगशालामा पठाइएको छ । उनी ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।

यो पनि पढ्नुहोस्

कोरोना र्‍यापिड टेस्ट रिपोर्ट २ जनामा पोजेटिभ

काभ्रेमा २ र धादिङमा १ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !