१५ बैशाख २०८१, शनिबार

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि


पाटन अस्पताल

१८ चैत, काठमाडौं । उपचारका क्रममा पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा मृत्यु भएका १ जना युवकको मृत्यु कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमण सम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो ।

उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिएका छन् । आइतबार अस्पताल भर्ना भएका युवाको राति नै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । केही दिन अगाडि भारतबाट आएर धादिङस्थित गाउँमा बस्दै आएका उनी ज्वरो आएपछि पाटन अस्पताल आइपुगेका थिए ।

पाटन अस्पताल स्रोतका अनुसार उनी मिर्गौलाको समस्याबाट पीडित थिए । अस्पताल भर्ना हुँदासम्म हिँडडुल गर्न सक्ने अवस्थामा रहेका उनको भर्ना भएकै राति उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

यो पनि पढ्नुहोस्

पाटन अस्पतालमा कोरोना आशंका गरिएका १ युवकको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !