१४ बैशाख २०८१, शुक्रबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कतिमा देखियो कोरोना संक्रमण ?

साउन २६, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३३८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, खोटाङका २ जना र मोरङका १४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १३, महोत्तरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका १ जना,पर्साका २१ जनामा संक्रमण देखिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका १ जना, नुवाकोटका ३ जना, रौतहटका १९ जना, सर्लाहीका २१ जना र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा मोरङका १ जना र काठमाडौंका ६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कीटजन्य रोग तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका २३ जना, नुवाकोटाका १ जना, रौतहटका १२ जना र सिन्धुलीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा अछामका १ जना, अर्घाखाँचीका १ जना, बाग्लुङका १ जना, बाँकेका १ जना, बर्दियाका १ जना, भक्तपुरका १ जना, चितवनका १ जना र दाङका १ जना, गोरखाका ३ जना, कपिलवस्तुका १ जना, काठमाडौंका ८ जना, ललितपुरका १ जना, पाल्पाका १ जना र रामेछापका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै स्टार अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका ८ जना, ललितपुरका २ जना र पर्साका १ जननामा कोरोना संक्रमण पुष्टि भएको छ । विध ल्यावमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, पर्वतका १ जना, स्याङ्जाका १ जना, तनहुँका २ जना, नवलपरासी पूर्वका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका १५ जना, रुपन्देहीका १ जना, कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ६२, बर्दिया १ जना, दाङका ४ जना, कैलालीका २, सल्यानका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रोल्पाका १ जना, सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ६ जना, सुर्खेतका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा बैतडीका १ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीमा गरिएको परीक्षणमा बझाङका १ जना र कैलालीका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु