१४ बैशाख २०८१, शुक्रबार

भारतका पूर्वराष्ट्रपति मुखर्जीमा कोरोना संक्रमण पुष्टि


प्रणव मुखर्जी

एजेन्सी, साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज सोमबार ट्वीट गर्दै उनले अस्पतालमा अन्य चेकजाँचका लागि जाँदा कोरोना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले ट्वीटमा भनेका छन्, ‘यसपटक अस्पतालयात्रा एक अलग प्रक्रियाका लागि भइरहेको छ, ममा कोरोना पोजिटिभ देखिएको छ ।’ ८४ वर्षीय मुखर्जीले आफूसँग गत हप्ता सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र आइसोलेनमा राख्न आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !