१४ बैशाख २०८१, शुक्रबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २० जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन २६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत ४८ घण्टामा ३४० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो २० जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज मध्यान्ह १२:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १५ जना, कैलालीका २ जना, दाङका १ जना,  बर्दियाका १ जना र सल्यानका १ जना रहेका छन् ।

आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १२ जना पुरुषहरु र ८ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या ११०५ जना पुगेको छ ।

भेरी अस्पताल प्रयोगशालाबाट नतिजा आउने बित्तिकै सुचना प्रवाह गर्न प्रतिबद्ध रहेको पनि बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनमा १ पटक रिपोर्ट अपडेट हुने र नियमित पत्रकार सम्मेलन भन्दा पहिले दर्ता भएको तथ्यांक मात्र मन्त्रालयबाट त्यस दिनको अपडेटमा सार्वजनिक हुने गरेको र साँझ ५ बजेपछिको नतिजा अस्पतालले आफ्नो फेसबुकबाट सार्बजनिक गर्ने तर मन्त्रालयले उक्त नतिजा भोलीपल्ट मात्र सार्वजनिक गर्ने हुँदा कुनै दुविधामा नपर्नु हुन पनि अस्पतालले अनुरोध गरेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु