१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ८७ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन २२ । काठमाडौं उपत्यकामा आज थप ८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ७६ जना, ललितपुर जिल्लाका १० जना र भक्तपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १५ जना, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा ५ जना, स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा ४ जना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै काठमाडौँ जिल्लामा आज नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा १३ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा ९ जना, वीरेन्द्र अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी ललितपुर जिल्लामा आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २ जना, बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा ६ जना, स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा १ जना र ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर जिल्लामा आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६२ जना नयाँ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु