८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६२ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५७ जना र ललितपुर जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुर जिल्लामा आज कोरोना संक्रमित पुष्टि भएको छैन । हिजो काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा १ जना, स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा २ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा १ जना गरी ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै ललितपुर जिल्लामा आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा २ जना र स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा २ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६२ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !