१८ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ४५ जना नयाँ संक्रमित


काठमाडौं, साउन १५ । काठमाडौं उपत्यकामा आज थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४१ जना, ललितपुर जिल्लाका २ जना र भक्तपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १३ जना, स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा २ जना, वीर अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौँमा गरिएको परीक्षणमा ४ जना र प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना गरी जम्मा ४१ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै ललितपुर जिल्लामा आज स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा २ जना र भक्तपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका १५ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !