२२ बैशाख २०८१, शनिबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन १४, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९२७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरंगका ३ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरंगका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरंगका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सप्तरीका १ जना, सर्लाहीका १ जना, धनुषाका १२ जना र महोत्तरीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पर्साका ३४ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, धादिंगका ७ जना, कपिलवस्तुका २ जना र काठमाडौंका २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ७ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा नवलपरासी पूर्वका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी वीर अस्पताल प्रयोगशाला काठमाडौंमा काठमाडौंका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्जमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल काठमाडौंमा सप्तरीका १ जना, स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका २ जना र महोत्तरीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै प्रादेशिक क्षयरोग केन्द्र पोखरा प्रयोगशालामा बाग्लुंगका ७ जना, स्याङ्जाका २६ जना, म्याग्दीका २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा सुर्खेतका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका २ जना र डोटीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा डोटीका ३७ जना, कैलालीका ८ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !