२६ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा आज १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११७६


कोरोना भाइरस

२७ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । हिजो क्षयरोग उपचार केन्द्र, पोखरामा २६७ र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा २३९ नमुनाहरु परिक्षण गर्दा १४ जनामा कोरोना देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !