२० बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या १०७२८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६२९ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असार १०। नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ६२९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीका १०३ जना, झापाका ११ जना, सुनसरीका १ जना, मोरङका १ जना, सप्तरीका ६ जना, धनुषाका २० जना, महोत्तरीका १२ जना, सर्लाहीका १ जना, वैतडीका ४ जना, बाजुराका ७ जना, डोटीका ४८ जना, कैलालीका ४८ जना, कञ्चनपुरका ८६ जना, पर्वतका २ जना, रौतहटका ४४ जना, सर्लाहीका २० जना, धादिङका २ जना, काठमाडौंका १ जना, चितवनका १ जना, तनहुँका १ जना र स्याङ्जाका ७ जना रहेका छन् ।

साथैनवलपरासी पूर्वका ५ जना, पाल्पाका १५ जना, भक्तपुरका १ जना, अछामका २३ जना, गोरखाका ३ जना, कास्कीका ४ जना, बागलुङका ९ जना, कास्कीका ५ जना, लमजुङका ५ जना, पर्वतका १ जना, गुल्मीका ५ जना, कपिलवस्तुका १ जना, रुपन्देहीका १ जना, बाँकेका ९ जना, बर्दियाका १ जना, दाङका ७६ जना, प्यूठानका १० जना, जाजरकोटका १ जना, सुर्खेतका १४ जना, दैलेखका ४ जना, कालिकोटका १ जना र बाजुराका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

नेपालमा अहिलसम्म रसुवा बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ६२९ मध्ये ५१९ जना पुरुषहरु र ११० जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ११४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २३३८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ नमुना परीक्षण भएका छन् । २४ घण्टामा १२ हजार १ सय १२ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ९३ हजार १ सय ९४ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ६ हजार ८ सय २८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७८ हजार ६ सय ३९ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म २३३८ जनाले जिते कोरोना, थप ११४ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २४ पुग्यो

नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५३८ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !