११ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २४ पुग्यो


मृत्यु

९ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको हो । दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको हिजो सोमबार राति साढे ९ बजे मृत्यु भएको उनले पुष्टि गरेका छन् ।

क्षयरोगका बिरामी मृतक असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार कोरोना पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा उनलाई सिफ्ट गरिएको थियो ।

नेपालमा अहिलसम्म रसुवा बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज नयाँ कोरोना संक्रमित ५३८ मध्ये ४४८ जना पुरुषहरु र ९० जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२२४ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५३८ संक्रमित

नेपालमा अहिलेसम्म २२२४ जनाले जिते कोरोना, थप ७६ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !