७ पुस २०८१, आइतबार

मानव स्वास्थ्यको लागि ठूलो औषधि असुरोका फाइदाहरु


असुरोको काढा

मानव स्वास्थ्यको लागि ठूलो औषधि असुरोका फाइदाहरु । आज औषधि विज्ञानले ब्याक्टेरियाको औषधि बनाउन सफल भएको छ तर भाइरसको औषधि बनाउन सकेको छैन । तर आयुर्वेदिक जडिबुटिमा यो गुण विद्यमान छ । ज्वरो आएको छ, रूघा लागेको छ, दम बढेको छ, शरीर दुखेको छ, सास फेर्न गार्हो भएको छ भने पारासिटामोल र एण्टिकोल्डको ठाउँमा यो औषधि बनाएर दिनुहोस् र हेर्नुहोस् चमत्कार देख्न सक्नुहुन्छ ।

विश्व स्वास्थ्य संगठनले आयुर्वेदलाई मान्दैन यदि मान्थ्यो भने आयुर्वेदिक औषधिको चर्चा परिचर्चा गर्ने थियो । विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाईरसको उपचारमा यो जस्ता अनेकौं आयुर्वेदिक जडिबुटीको प्रयोग गराउने थियो । आयुर्वेद ५००० हजार बर्ष पुरानो भएतापनि आयुर्वेद ढिलो काम गर्ने भन्दै पछी पारिएको छ यस्तो गराउनमा आयुर्वेदिक डाक्टर नै जिम्मेवार छन् यसमा दुईमत छैन ।

मानिस बनाउन असुरो बहुउपयोगी औषधि मानिएको छ । अनुपान भेद अनुसार थुप्रै रोगमा उपयोगी छ । तर आयुर्वेद डाक्टरहरू मौन छन् यो गलत छ । असुरोको बारेमा धेरैपटक मैले लेखी सकेको छु । आजको लेखमा मैले रक्तपित्त, खोकी, टिबि, दम र रूघाको उपचारमा असुरो बहुमुल्य औषधि रहेको जानकारी पस्कन गइरहेको छु । प्रकृतिको अनुपम उपहार हामीले प्रयोग गर्न सकिरहेका छैनौं । होम्योपैथीकले मदर टिन्चर बनाएर हजारौं लाखौंले फाइदा लिएका छन् ।

रक्तपित्त भन्नाले शरीर गरम भएर मुखबाट रगत आएको छ भने या टिबी भएर आएको ब्लड किन नहोस् यो औषधिको सेवनले रोक्दछ । लामो समयसम्म दमको औषधि खानुभएको छ राम्रोसंग फाइदा भएको छैन भने पनि रोक्ने काम गर्दछ । औषधि हेर्दा सामान्य भएपनि बहुमुल्य काम गर्ने कुरा ५००० हजार बर्ष पूर्वदेखि यो औषधिले काम गर्दै आएको छ ।

नोबेल कोरोना भाइरस पनि श्वास-प्रश्वाससंग रिलेटेड भाइरस हुनाले यो औषधि बनाएर सेवन गरेमा राम्रो फाइदा गर्दछ । फोक्सोमा जमेको कफ फाल्दछ । लामो समयसम्म लागेको रूघा निको बनाउन असुरो ठूलो औषधि मानिएको छ । सहि तरिकाले नियमित यो औषधि बनाएर सेवन गरेमा राम्रो फाइदा गर्दछ । जमेको कफ फालेर श्वास बढेको निको बनाउन बेजोड फाइदा गर्दछ ।

खोकीको औषधिले कुनै काम गरेको छैन भने असुरोको सेवनले यो रोग निको हुन्छ । डाबर कम्पनीले बासावलेह नामले औषधि बनाएर बजारमा ल्याएको छ । यो औषधिको अभावमा असुरोको पातको रस मह र अदुवाको रस मिलाएर खाएमा नयाँ पुरानो खोकी निको बनाउन बेजोड काम गर्दछ ।

विश्वव्यापी रोग नोबेल कोराले बनाउन सक्ने निमोनियामा समेत असुरोको सेवनले ठिक हुने कुरामा दुईमत छैन । हाम्रो खान्दानी औषधि हो बाउ-बाजेका पालादेखि मैले प्रयोग भएको देखेको छु । आज औषधिको अभावमा मानिसको ज्यान गएको छ ।

खोकी, दम, रूघा लागेको भएमा असुरोको पात र अदुवा थिचेर पकाएको औषधि आधा गिलास सुपमा थोरै मह राखेर दैनिक ३ पटक र रोग नलागोस् भन्ने बिचार भएमा दिनमा १ पटक उपरोक्त विधि अनुसार औषधि सेवन गर्नुस सवै समस्या हल गर्दछ ।

अर्को रोचक जानकारी एलोपैथिकमा इन्हेलरको रूपमा प्रयोग हुने औषधि जस्तै यसको पातलाई मसिनो गरी काट्ने र चुरोट जस्तै गरी तान्ने गरेमा पनि दम खोकी निको हुन्छ । यस्तो बहुमुल्य औषधि प्रयोग विहिन छ । आयुर्वेद शिक्षा प्राप्त गर्नेहरू बानी बनाएको औषधि मात्र सेवन गराउने सल्लाह दिने गर्दछन् ।

औषधि निर्माण गर्दा शास्त्रीय विधिबाट बनेका औषधि मात्र वैज्ञानिक मान्यता दिएका छन् तर बजारमा बनाएर आएका औषधिहरूमा के के मिश्रण गरिएको छ भन्ने उल्लेख गरेको हुदैन । हरेक औषधि निर्माण गर्दा गरम र सर्दि प्रकृति हेरेर औषधि निर्माण गर्नुपर्ने हुन सक्छ तर आफुखुसी औषधि निर्माण गरेर व्यापार गर्ने मात्र काम भएको देखिन्छ ।

यसरि निर्माण गरेका अधिकांश औषधिले फाइदा भन्दा बेफाइदा गरेका घटना उल्लेख गर्दा अधिकांश कम्पनी बन्द हुन सक्ने देखिन्छ । शास्त्रीय औषधि निर्माण गराउदा भुत, बर्तमान र भविष्यलाई ध्यानमा राखि निर्माण गरेको हुन्छ । यस्ता औषधि प्राय: एक्सपायर हुदैनन् र दीर्घ कालसम्म उपयोगमा आउने हुन्छन् ।

नोट : यो औषधि सेवन गर्दा प्रेशर र सुगर चेक गर्नुपर्नेछ ।

यो पनि पढनुहोस्

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !