२२ भाद्र २०८१, शनिबार

कम डोपामाइन र एल-डोपा


काउचो

पार्किंसन्स रोगबाट पिडित व्यक्तिको मस्तिष्कमा डोपामाइन भन्ने तत्वको कमीलाई लिन सकिन्छ । यस्तो तत्व कम भएका व्यक्तिको शरीर चिलाएको खण्डमा मस्तिष्क बढी क्रियाशील हुन सक्ने अनुमान गरिएको छ ।

वैज्ञानिक कम डोपामाइन र अवसादको वीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् । यदि काउचो र एल-डोपाको उपयोग पार्किंसन्स रोगको नैदानिक अवसादद्वारा पिडित रोगीको लागी डोपामाइनको स्तर यसको प्रयोगले सामान्य गर्न सकिन्छ कि भन्ने लागेको छ ।

यस्ता रोगको उपचारको रूपमा काउचोको प्रयोग महत्वपूर्ण अनुप्रयोग हुन सक्ने देखिन्छ । जहिलेदेखि पार्किंसन्सको रोगको अनुसन्धान र अध्यनमा पृथक एल-डोपाको तुलनामा श्लेष्माको अर्क अधिक प्रभावित देखिएको छ ।

हाम्रो भूमिमा यस्ता औषधि छन् तर औषधिमा अनुसन्धान नहुनाले महत्वपूर्ण हुँदा-हुँदै पनि प्रयोगमा आउन सकिरहेका छैनन् । काउचोको खेती गरेर मनग्गे आम्दानी दिन र लिन सकिन्छ तर यस्ता औषधि त्यसै खेर गइरहेको छ ।

पार्किंसन्स जस्ता दुर्लभ रोगको उपचारमा समेत प्रयोगमा आउन सक्ने काउचो लोपोन्मुख हुन नदि यसलाई अनुसन्धानमा राखिनुपर्छ भन्ने मलाई लागेको छ । यो जस्ता थुप्रै औषधि त्यसै खेर गइरहेका छन् । यस्ता औषधिको प्रयोगले भ्याग्राको प्रयोगलाई समेत हटाउन सक्षम रहेको देखिन्छ ।

काउचोलाई औषधिको रूपमा प्रयोग गर्नाले ध्यान, स्मृति, मनोदशा, आराम, यौन इच्छा, निद लगायत थुप्रै क्षेत्रमा यसको प्रयोग गरेर लाभ उठाउन सकिने देखिन्छ । यसको प्रयोगले तान्त्रिका संचारक डोपामाइन कम गराउन सकेमा तपाइको केन्द्रीय तान्त्रिका तन्त्रमा समेत प्रभाव देखाएर उपरोक्त समस्या हल गर्नमा समेत सघाउ पुग्ने देखिन्छ ।

काउचोमा लेवोडोपा या एल-डोपा भन्ने रसायन पाइने हुनाले यसलाई निकै महत्वपूर्ण रूपमा हेर्ने गरिएको छ । यस्ता औषधि जन्य बस्तु त्यसै खेर जानाले अर्थतन्त्रमा समेत ठूलो ह्रास भएको र बर्षेनी करोडौं रूपया यस्ता औषधिको लागी बाहिर गएको देखिन्छ । यसतर्फ समयमै ध्यान पुराउन सके ठूलो उपलब्धि हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !