७ बैशाख २०८१, शुक्रबार

हर्बल मेडिसिनका बारेमा जान्नुपर्ने महत्वपूर्ण कुराहरु


हर्बल मेडिसिन

नेपालमा उत्पादन भएका अधिकांश हर्बल औषधि हर्बो कम्पनीले कलासिक रूपमा उत्पादन गरेको देखिन्छ । यसको मुख्य उद्धेश्य भनेको एलोपैथिलाई मात दिन खोजेको अनुभव हामीले गर्न सकिन्छ । यस्ता औषधिका रिजल्ट हामीले राम्रो पाएका छौं ।

यस्ता औषधिले छोटो समयमा बजार ओगट्ने काममा तिब्रता दिएको छ । निकट भविष्यमा यसरी नै रिसर्च गर्दै इन्जेक्सन प्लाण्ट पनि सुरू भएमा विस्तारै एलोपैथिक औषधि लोपोन्मुख हुन सक्छ भन्ने हामीलाई लागेको छ ।

हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिदै अघि बढ्न सक्नुपर्छ । यदि हामीले यसो गरेको खण्डमा यस्ले देशमा नेपाली निरोग बनाउनमा ठूलो भूमिका खेल्ने छ । भाइरस रोगका लागी एलोपैथिकमा कुनैपनि औषधि नभएका बेला आयुर्बेदले यसको भूमिका निर्वाह गर्नेछ ।

हरेक वस्तुको उपचार छ तर उपचार गर्ने सिस्टममा भर पर्छ । कसैले दलेर, कसैले खाएर कसैले इन्जेक्सन लगाएर रोग निको बनाउने गरेको हुन्छ । आज नेपालमा सवै रोगको उपचार हर्बलबाट हुने गरेको हामी देख्न सक्छौं ।

म स्वास्थ्य क्षेत्रमा लाग्दा आयुर्वेदका शास्त्रीय औषधिबाट मात्र उपचार हुने गर्दथियो तर समय परिवर्तन भयो अब आयुर्वेद कलासिक मेडिसिनमा प्रवेश गरी सकेको छ । यस्ता औषधिबाट उपचार गर्नेमा सवैभन्दा धेरै एलोपैथिक डाक्टर भएको हामी देख्न सक्छौं ।

अब हरेक आयुर्वेद फार्मेसीमा भन्दा एलोपैथिक फार्मेसिमा यस्ता औषधि भेट्ने गरेको देखिन्छ । सायद यसैलाई भन्दछन् परिवर्तन । अब कलासिकल औषधिलाई अझ परिमार्जन गर्दै ज्वोरो पखला बान्ता जस्ता रोगमा तुरुन्त फाइदा हुने खालका औषधि उत्पादन हुन सके एलोपैथिक फेल हुन सक्ने हाम्रो अनुमान छ ।

पेट सम्बन्धि रोगको उपचारमा लिभर सम्बन्धित रोग, स्टोन सम्मबन्धित रोग, भाइरस सम्बन्धित रोगको उपचार हर्बल कलासिकल मेडिसिनबाट हुन थालेपछि एलोपैथिकमा केहि कमि हुन सक्ने सम्भावना बढ्ने संकेत देखिन थालेको छ । हरेक व्यक्तिले एलोपैथिक भन्दा यस्ता औषधि प्रयोग गर्ने बानीको विकास गरौं भन्ने हाम्रो परामर्श छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !