१२ बैशाख २०८१, बुधबार

यसरी गर्नुहोस् धतूरोको तान्त्रीक प्रयोग


धतूरो

तान्त्रीक विधिबाट धतूरोको जरा घर भित्र राख्नाले सर्प नपस्ने भनेको छ के यो सम्भव छ ? यस विषयमा गहन अधियनको खाँचो देखिन्छ । आयुर्वेदिक औषधिको रहस्य जान्न सके मानिसले चमत्कारयुक्त काम गर्न सक्छन् जस्तो मलाई लागेको छ ।

आज मैले इनै विषयमा केही प्रकाश पार्ने जमर्को गर्दैछु । सर्पलाई हजुरले देख्नुभयो तर डरले गर्दा छोप्न सक्नु हुन्न तर गरूड बृक्षको बोक्रा या नागदमन बुटिलाई हातमा लिएर छोप्न सक्नुहुन्छ । यसको ठोस कारण हो जडिबुटीको महिमा अपरम्पार छ यसको व्याख्या गरेर साध्य छैन ।

जडिबुटीको महत्व हामीले भन्दा पशुपन्छीले ज्यादा बुझेको हुन्छ । एक पटक मेरो घरमा एउटा कुकुर पालेको थिए उसलाई पेट सम्वन्धी समस्या भएको रहेछ । एकदिन उ अघि म पछि गर्दै हामी चौरतिर लागेका थियौं । कुकुरले दुबो खाएको देखे तर मलाई यसको कारण केहि थाहा थिएन । एकछिन पछि उसले वाक्न थालेपछि मात्र थाहा पाए दुबोले उल्टी गराउदो रहेछ ।

पशुलाई बोलाउदा आउछ जा भन्दा जान्छ । यदि पशुले यो नबुझ्ने भएको भए कुरै अर्को हुने थियो । हामीले पशुको भाषा बुझ्न नसकेको मात्रै हो । जुन कुरा पशुले सवै बुझेको हुन्छ । न्याउरी मुसालाई सर्पले डसेर मर्दैन तर उसले आफ्नो बचाउको लागि पटक-पटक जडिबुटी सेवन गरेको पाइन्छ ।

हाम्रो समाजमा यस्ता कुरामा कतिपयको ध्यान पुग्न सकेको छैन यो विडम्बना हो । आज जतिपनि औषधि हामीले सेवन गरेका छौं । सवै विदेशीको देन हो भन्दा फरक छैन । हामी परनिर्भरमा चुर्लुम्म डुबेका छौं के राम्रो के नराम्रो केहि थाहा छैन । अन्तमा सर्प घरमा नपस्ने तान्त्रीक विधि मैले तल दिन गइरहेको छु ।

धतूरालाई कसरी प्रयोग गर्ने ?

धतूराको जरालाई अश्लेषा नक्षत्रमा उखलेर घरमा ल्याउने र घरमा राख्ने सर्प कहिलै भित्र पस्दैन यो अनुभव स्वयं मैले गरेको छु ।

नोट : अश्लेषा नक्षत्रबारे पण्डितलाई सोध्न सक्नु हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !