मयूरलाई अंग्रेजीमा (Peafowl) भनिन्छ । यो चराहरूकै रूपमा हामीले यसलाई चिन्ने गर्छौं । जडिबुटी तन्त्रमा यसका थुप्रै फाइदाहरू उल्लेख गरेको पाइन्छ । तर यसलाई मार्नु अपराध हो । कहिलेकाही उमेर पुगेर मरेका मयूरको प्वाँख र पन्जालाई औषधिको रूपमा प्रयोग गर्ने परम्परा हामीले सुन्ने गरेका छौं ।
यो चरा ग्यालिफर्म्स वर्गमा पर्ने चरा हो । यसको मूल वासस्थान दक्षिणी र दक्षिणपूर्वी एसिया हो । अंग्रजीमा भाले मयूरलाई पिकक र पोथीलाई पिहेन भनिन्छ । भाले मयूरको सुन्दर र निलो, हरियो तथा सुनौलो लगायतका रंग-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ ।
यो अति नै सुन्दर चराको रूपमा लिने गरिन्छ । हाम्रो चितवन राष्ट्रिय निकुञ्जमा यो देख्न सकिन्छ । मयुर अहिले लोपोन्मुख अवस्थामा पुग्दैछ । बसन्त तथा वर्षाको मौसममा (जुन समयमा यिनीहरूको प्रजनन प्रक्रिया शुरु हुन्छ) पोथीलाई फकाउनको लागि खोलेर नाच्दछ ।
मयूरको रङ्गीचङ्गी प्वाँख धार्मिक उपचार विधीमा पनि प्रयोग गरिन्छ, साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्नको लागि मयूरको प्वाँखलाई प्रयोग गरिन्छ । मयूरको बारेमा रोचक जानकारी सबैलाई हुन आवश्यक छ । मयूर नाच्न सक्छ उड्न र दौड्न सक्छ तर मयूर पानीमा भने तैरिन सक्दैन ।
मयूरको पोख पुस्तकको पानामा राख्नाले विद्या बढ्ने बिर्सने बानी हट्ने भनेको छ । हामी सानो छँदा प्राय: मयूरको प्वाख पुस्तकमा राख्ने गर्दथियौं । मैले सानो छँदा सोच्ने गर्थे मान्छेले यो चरा मारेर होला सायद यसको प्वाँख ल्याउने गर्दछन् । तर यसो नभई उमेर पुगेर कहि मरेको मजरको पोख र अन्य शरीर राष्ट्रिय निकुञ्जका कर्मचारीले बेच्ने गर्दछन् ।
प्रसंगबश आज एक जनाले मयूरको बारेमा जानकारी लेख्न आग्रह गर्नु भएकाले लेख्दै छु । मरेको मयूरको पन्जालाई घोटेर सेवन गराउनाले दम, निमोनिया निको हुने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । भारतमा यसको प्रयोग आयुर्वेदिक औषधि बनाउन प्रयोग भएको पाइन्छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।