७ बैशाख २०८१, शुक्रबार

विभिन्न रोगमा औषधीको रुपमा यार्सागुम्बाको प्रयोग


यार्सागुम्बा

सामान्य बोलीचालीको भाषामा भनिने यार्सागुम्बा तिब्बती भाषामा यसलाई ‘यार्ट स्वा गुन् बू’ बाट बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा सुकेर झार बन्दछ तर हिउँदमा भने यो कीरा हुन्छ ।

यो हिमाली भेगमा पाइने बहुमुल्य औषधी हो । यसको माग दिन प्रतिदिन बढ्दैछ । यसका फाइदा बेफाइदाबारे राम्रो जानकारी हुन आवश्यक छ । प्रकृतिले हामीलाई यो जस्ता चमत्कारिक औषधि प्रदान गरेको छ । जानकार व्यक्तिको अभावका कारण यो जस्ता बहुमूल्य जडीबुटी खेर गइरहेका छन् ।

आयुर्वेदमा यार्सागुम्बालाई जड़ीबुटीको श्रेणीमा राखेको छ । यो खास गरी एक प्रकारको झुसेलकिरा जस्तै हो । यो जडिबुटीको प्रयोग सेक्स पावर बढाउन प्रयोग हुने गरेको पाइन्छ ।

यो प्राकृतिक भियाग्राको नामले चिनिने गरेको छ । एलोपेथिकमा पाइने भियाग्रा लामो समय चलाउनाले हृदय कमजोर गर्न सक्छ । यो औषधि सेक्स कमजोर हुनेहरूका लागि मात्र होइन यसको प्रयोग अन्य रोगमा पनि गर्न सकिन्छ ।

तर आयुर्वेदमा किड्नी र श्वास-प्रश्वासको विरामीलाई समेत राम्रो फाइदा गर्ने भनेको छ । यसको अर्को महत्वपूर्ण फाइदा चाँडो बुढो हुनबाट समेत यसले रोक्न सक्नेछ ।

यार्सागुम्बा नेपालमा पाइने महत्वपूर्ण औषधिको रूपमा चिनिन्छ । यो यार्सागुम्बाको जीवनकाल ६ महिनाको भनिएको छ। यो जडिबुटीमा अनुसन्धान गर्न सके यस्बाट थुप्रै भिटामिनहरू उत्पादन गरेर देश तथा विदेशमा सप्लाई गर्न सके डलर भित्राउन सक्ने सम्भावना प्रशस्त देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !